Logo

९ चैत,वीरगञ्ज । वीरगञ्जका महानगरपालिकाका जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टका सञ्चालकमाथि कारबाहीको माग गर्दै प्रतिवेदन पेश गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले ट्रान्सपोर्टका सञ्चालक मदन गुप्तामाथि भन्सार चोरी पैठारी सम्बन्धी कसुर अन्तर्गत कारबाहीको माग गर्दै प्रतिवेदन बुझाएको छ ।
पर्सा प्रहरीले गुप्ताले सञ्चालन गरेको ट्रान्सपोर्टबाट तस्करीका कपडा बरामद भएको उल्लेख गर्दै उनी र उनका फर्ममाथि आवश्यक कारबाहीको मागसहित फाइल बीरगन्ज भन्सार कार्यालयमा बुझाएको प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए।

पर्सा प्रहरी प्रवक्ता थापाले भने,‘हिजो हामीले गुप्ताको ट्रान्सपोर्टमा छापामारी ग¥यौं, जहाँको गोदाममै अनाधिकृतरुपमा भण्डार गरी तस्करीका कपडा बरामद भयो । त्यही हामी मुचुल्का पनि उठायौं । त्यसकारण मुचुल्कासहित गुप्ता र उनको फर्ममाथि आवश्यक कारबाहीको माग गर्दै सबै कागजात बीरगन्ज भन्सार कार्यालयमा बुझाएको छौं ।’ भन्सार चोरी पैठारी सम्बन्धी कसुर अन्तर्गत कारबाहीको माग गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीको टोलीले गएराती जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्ट छापामारी ठूलो परिमाणमा तस्करीको कपडा बरामद गरेको हो । ट्रान्सपोर्टमा गरेको छापामारीबाट १८ लाख मूल्य बराबरको कपडा बरामद भएको प्रहरी भनाइ छ ।
आर्दशनगरस्थित गोविन्द वर्णवालको घर भाँडामा लिएर सञ्चालन गरिएको जय माँ दुर्गा रोड कैरियर ट्रान्सपोर्टबाट तस्करीका १३ पोका कपडा बरामद भएको प्रहरी प्रवक्ता थापाले जनाए ।

चोरी पैठारी गरी अनाधिकृतरुपमा कपडा भण्डारण गरिएको आएको सूचनाबमोजिम छापामारी गर्दा ट्रान्सपोर्टको गोदामबाट भन्सार छलीका सामान बरामद भएको प्रहरी प्रवक्ता थापाको भनाइ छ ।


सम्बन्धित समाचार