Logo

९ चैत,वीरगञ्ज । होली पर्व नजिकिँदै गएपछि जिल्ला प्रहरी कार्यालय बाराले शान्तीपूर्ण तरिकाले खेल्न आग्रह गरेको छ । बारा प्रहरीले एक विज्ञप्ति जारी गर्दै १० बुँदे अनुरोध पत्रसहित यस्तो आग्रह गरेको हो ।

‘होलीको नाममा मादक पर्दाथ सेवन गरी कुनै उच्ंछृङ्खल क्रियाकलाप नगर्न÷नगराउन, असभ्य र अश्लिल होलीका गीत नबजाउन र साँझ अबेरसम्म होली नखेल्नुहोला, प्रहरीले जारी गरेको अनुरोधपत्रमार्फत भनेको छ,‘ध्वनी प्रदूषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्नेगरी चर्को आवाजमा ‘साउण्ड सिस्टम’ नबजाउन समेत अनुरोध गरेको छ ।

यसैगरी कसैको इच्छा विपरित रंग, लोला, मोविल, मोसो, केमिकल र फोहोर फाल्ने जस्ता कार्य नगर्न, महंगा गरगहना लगाएर होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्दै मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन र अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक, पैदल यात्री र बटुवालाई होली खेल्न कुनै जबरजस्ती नगर्न प्रहरीले भनेको छ ।

बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्कर र मर्यादित बनाउन आग्रह गरे । उनले आत्मीय रुपले नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न अपील गरे ।
कुनै आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भए तत्काल नजिकैको प्रहरी कार्यालय तथा नेपाल प्रहरीको हटलाइन नम्बर १०० वा ९८५५०४५१०१ मा सम्पर्क गर्न पत्र मार्फत अनुरोध गरिएको छ ।

के गर्दा हुन्छ कारवाही ?

होलीको नाममा गाँजा, भाङ वा अन्य कुनै प्रकारका नसालु पदार्थ सेवन गरी र सार्वजनिक शान्ति, सुरक्षा व्यवस्थालाई असर पार्ने कुनै कार्य गरेमा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ । त्यति मात्रै नभइ त्यसता गतिविधि गराएमा समेत प्रचलित कानुनी बमोजिम कारवाही हुने पत्रमार्फत बारा प्रहरीले चेतावनी दिएको छ ।

 


सम्बन्धित समाचार