Logo

१० चैत,जनकपुर । मधेश प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादवलाई बिश्वासको मत लिनैपर्ने भएको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णाकुमार यादवले शुक्रबार समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले सरकारबाट कांग्रेसलाई हटाएर गत सोमबार नेकपा एमालेलाई सहभागी गराएको थिए ।

मुख्यमन्त्री यादवले पछिल्लो पटक गरेको मन्त्रिमण्डल पुनर्गठनमा एमालेलाई सरकारमा सहभागी गराउँदै कांग्रेसलाई हटाएका थिए । कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले पुनर्गठन गर्दै हटाएका थिए ।
मधेश प्रदेशमा जसपाको नेतृत्वमा सरकार गठन भएदेखि नै कांग्रेसले समर्थन दिदै आएको थियो । एमालेसँगको गठबन्धनसहितको सरकार जसपा संसदीय दलका नेता यादवको नेतृत्वमा गठन भएको थियो । पहिलो पटक गठन भएको प्रदेश सरकारमा एमाले र जनमत पार्टीको सहभागिता रहेको थियो ।

त्यसपछि मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी भएको थियो ।सरकार भन्दा बाहिर रहेर पनि मुख्यमन्त्री यादवलाई समर्थन गरेको कांग्रेस भने झण्डै ९ महिना पूर्व सरकारमा सहभागी भएको थियो ।

कांगे्रसले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा परेको देखिदैन । एमालेले सरकारलाई समर्थन गरेपछि सरकारलाई बिश्वासको मत लिनुपर्ने हुन्छ ।

कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले होली पर्व पछि प्रदेशसभाबाट बहुमत सिद्ध गर्ने बताए ।उनले भने, ’होली पर्वको मुखमा आएर कांग्रेसले समर्थन लिएकोले होली पछि समर्थन प्राप्तका लागि प्रदेशसभाबाट बिश्वासको मत सहजै हासिल हुन्छ ।’


सम्बन्धित समाचार