![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/03/IGP_basanta.jpg.jpg?fit=1000%2C597&ssl=1)
१४चैत,काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले सहकारी अनियमितमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टिभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए ।
जवाफ दिने क्रममा आइजिपी कुँवरले भने, ‘मैले ठाडो उजुरीको रूपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन ।’
उनले भने, ‘अहिले सांकेतिक रूपमा रवि लामिछाने भन्ने भएको छ । त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाणका आधारमा कुनै पनि आधार देखिँदैन ।’