Logo

१६ चैत,वीरगञ्ज । सुस्त मनस्थितिकी बालिकालाई प्रलोभनमा पारी करणी गरेको आरोपमा बारामा एकजनाविरुद्ध मुद्दा दर्ता भएको छ । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८, नयाँ बस्तीका ३० वर्षीय प्रकाश कार्कीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको हो ।

बारा जिल्ला अदालतबाट अनुमति लिएर कार्कीविरुद्ध थप अनुसन्धान अघि बढाइएको बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जनाए । सोही वडा निवासी एक सुस्त मनस्थिति बालिकालाई कार्कीले चैत ८ गते राति ८ बजे अपहरण गरी दुई दिनसम्म राखेको पीडित परिवारको आरोप छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भइसकेको प्रहरीले जनाएको छ । बालिकालाई सुरुमा कलैयास्थित महिला बालबालिका सेवा केन्द्रमा लागिएको थियो ।

त्यहाँ प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि जिल्ला प्रहरीको जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार