Logo

१६ चैत,वीरगञ्ज । पर्सा जिल्लामा चारसयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका छैनन् । शुक्रबार (आज) दोस्रो दिन नेपाली विषयको परीक्षामा चारसय ३५ जना परीक्षार्थी अनुपस्थित भएको तथ्यांक सार्वजनिक भएको हो ।

दोस्रो दिनको परीक्षामा दुईसय २८ जना छात्रा र दुईसय १८ जना छात्र अनुपस्थित रहेको जिल्ला शिक्षा तथा समन्वय एकाई पर्साका परीक्षा सहायक गोपाल साहले जनाए । उनका अनुसार जिल्लाका २६ वटै केन्द्रहरुबाट चारसय ३५ जना नियमिततर्फका परीक्षार्थीहरु अनुपस्थित भएका हुन् ।

जिल्लाका नौ हजार ५०० सय परीक्षार्थीहरुमध्ये ९ हजार २९८ जनाले मात्र नेपाली विषयको परीक्षा दिएको परीक्षा सहायक साहले जनाए । चार हजार ५९१ छात्रा र चार हजार ९१६ जना छात्रले मात्र शुक्रबारको परीक्षा दिएका हुन् ।
यस्तै ग्रेडवृद्धितर्फ १७२ छात्रा र १७३ छात्र गरी जम्मा ३३५ जनाले परीक्षा दिएका शिक्षा बिकास तथा समन्वय एकाई पर्साले जनायो ।


सम्बन्धित समाचार