Logo

फाइल फोटो

१६ चैत,सिम्रौनगढ। २० किलोग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २० किलोग्राम गाँजासहित एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ निवासी दिनेश मुखिया रहेका छन् । सिम्रौनगढ नजिक सिमावार्ति बीपी न ३५९÷१० देखि १०० मिटर भारततर्फ अगर्वा नजिकबाट उनलाई पक्राउ गरिएको जनाइएको छ ।

अठमुहान ७१ वी बाहिनी मोतिहारी ईन्ट सेट–अपबाट आएको विशेष सूचनाको आधारमा जितना थाना, बिहार प्रहरीको संयुक्त टोलीले मुखियालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार