Logo

१७ चैत,वीरगञ्ज । पर्सा प्रहरीले जनता समाजवादी पार्टीका युवा नेता इश्वरचन्द्र यादवलाई एक रात हिरासतमा राखेर रिहा गरेको छ ।

जसपाका पूर्व महानगर अध्यक्ष यादवलाई पर्सा प्रहरीले गएराती बिर्ताको वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाएको छ ।गएराति पक्राउ गरेका यादवसहितका टोलीलाई आज रिहा गरिएको पर्सा प्रहरीले जनाएको छ ।

बीरगन्जको बर्गर हाउसमा वादविवाद गरेपछि यादवसहित तीन जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।उनका अनुसार राती बर्गर हाउसमा ड्राइपोर्टका २ जनासहित यादवलाई नियन्त्रणमा लिएका थियौं । तर दिउँसो दुबै पक्षबीच सहमति भएपछि सबै जनालाई रिहा गरेको प्रहरी प्रवक्ता थापाले जनाए ।


सम्बन्धित समाचार