Logo

१७ चैत, काठमाडौं । बाणिज्य बैंकका उच्चतहका कर्मचारीको आर्थिक मोहका कारण ठूलो लगानीको कुमारी बैंक संकटमा पर्ने स्थिति देखिएको छ । आर्थिक प्रलोभनका फसेका बैंक कर्मचारीले कमसल धितोमा लगानी गरेकै कारण कुमारी बैंकको लगानी अप्ठारोमा परेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामचन्द्र खनाल र चिफ विजनेश अफिसर क्षितिज खड्कालाई चित्त बुझाउन नसक्दा कुमारी बैंकले धितो लिलामको प्रकृयामा गएकोे महोत्तरी भंगाहाका दीनेशकुमार महताले बताए ।

सिईओले नै खड्कासँग कुरा मिलाउनु भनेका थिए महतोले रेसखवरसँग भने “मैले आर्थिक रुपमा उहाँहरुको डिमाण्ड पुरा गर्न नसक्दा मेरो सम्पूर्ण सम्पत्ति लिलाममा राख्नु भयो ।” ऋण नविकरणका लागि ५ करोड रुपियाँ बैंक कर्मचारीलाई दिन अस्वीकार गर्दा अप्ठारोमा परेको महतोको गुनासो छ ।

नियमित व्याज बुझाउन सकेको अवस्था छैन कसरी घुसको रकम दिन सक्छु, महतोले भने, “बैंकका उच्च तहका कर्मचारीको कारण मलाई अप्ठारोमा पारेर कम्पनी र उद्योग धारासायी बनाउन खोजियो ।” आफूले विभिन्न चरणमा ती कर्मचारीलाई सहयोग दिदै आएको उनको भनाई छ ।

कुमारी बैंकले महतोलाई व्यवसायिक क्षमता वा विस्तारमा ऋण दिएको देखिदैन, सोही बैंकका एक उच्च तहका कर्मचारीले भने, “आर्थिक प्रलोभन र प्रेसरमा परेर लगानी गरेको जस्तो देखिन्छ ।” उनीसँग ऋणलाई खाम्ने गरि धितो पनि छैन, न त स्टक नै । १ अर्ब ८० करोड रुपैयाँभन्दा माथिको ऋण भएको कुमारीले तीन वटा उद्योग अल्फा, रिलायन्स र देवी इलेक्ट्रिकल्स तथा अजात पेट्रोलपम्प लिलामीमा राखेको छ । त्यसैगरी महतो र महतोकी श्रीमतीका नाममा रहेका महोतरी र धनुषाका गरी जग्गा लिलामीमा राखेको छ ।

लिलामीमा राखिएका उद्योगहरुसँग ठूला मेसिनरी औजारहरु पनि छैनन्, जहाँ जग्गा छन्, त्यो पनि खोला किनारामा मूल्यविहीन अवस्था देखिन्छ । मेसिनरी र उद्योगबाट पैसा आउने अवस्था छैन्, कम्पनी र व्याक्तिका नाममा रहेका कुल पाँच बिघा जग्गा लिलामीबाट कति पैसा उठ्ला ?

ढल्केवरमा बसाई खोलासँगै जोडिएको एभरेष्ट वायर इन्डष्ट्रिजको नाममा महतोले विभिन्न बैंकसँग अर्वौ रुपियाँ कर्जा लिएका छन् । महतोको कुमारी बैकको अलवा अर्को ठूलो बाणिज्य बैंक हिमालयन बैंकसँग पनि करिव ६० करोड रुपैयाँ हाराहारीमा ऋण छ । यसबाहेक हिमालयनसँग मर्ज हुनुअघि नै सिभिल बैंकले पनि महतोलाई ऋण दिइसकेको थियो ।

महत्तोले दुवै बैंकबाट गरेर झण्डै अढाई अर्ब रुपैयाँ ऋण चलाएका छन् । जुन ऋणको लगभग डेढ वर्षदेखि साँवा ब्याज उठ्न छाडेको छ । कुमारी बैंकले गत फागुन २१ गते सार्वजनिक सूचना जारी गर्दै महतोका सम्पत्ति लिलामी निकाले पनि अहिले सम्म कसैले लिलाम सकारेका छैनन् ।

राजनीतिक प्रभाव र आर्थिक प्रलोभनका कारण बैंकका सिईओ र उच्च तहका कर्मचारीको मिलेमतोमा सर्वसाधारण जनताको पैसा दुरुपयोग हुनेगरी लगानी गर्दै आएको देखिन्छ । महतोको सबै श्रीसम्पत्ति बेच्दा पनि बैंकको आधा ऋण असुली हुने सम्भावना छैन । यस्तो अवस्थामा कुमारी बैंकले लगानी गरेको करिव दुई अर्व रुपियाँ डुब्ने खतरा बढेको छ ।

कुमारी बैंकका चिफ विजनेश अफिसर क्षितिज खड्काले धितो बापत राखेको सम्पतीको मूल्यांकन भइरहेको बताए । अहिलेनै लगानी डुब्यो भन्न मिल्दैन खड्काले भने, “धितो राखेको सम्पत्तीको मूल्यांकनको रिर्पोट आएपछि मात्र त्यस बिषयमा बोल्न सकिन्छ ।”

ऋणी दिनेश कुमार महतोले बैंकका उच्च तहका कर्मचारी क्षितिज खड्काले आफूसँग आफ्नो कम्पनीको नाउँमा भएको कर्जा नविकरणका लागि करोडौं रुपियाँ घुस मागेको आरोप लगाएका थिए । महतोले लगाएको आरोप झुठ्ठो भएको चिफ विजनेश अफिसर खड्काको भनाई छ । खड्काले भने, “यो नयाँ आरोप होईन, उसले २ बर्ष देखि यहीँ भन्दै हिडेको छ ।”

महतोले दिएको धितोमा थप ५० करोड कर्जाको लिमिट बढाउन भनेका थिए, खड्काले भने “हामीले नियमित किस्ता र व्याज नआए सम्म अहिले दिएकै धितोमा लिमिट बढाउन नसकिने बताएपछि कर्मचारीले पैसा माग्यो भनेर प्रचार गरेको हो ।”

कुमारी बैंकका सिईओ रामचन्द्र खनालले पनि महतोको धितोबाट मात्र लगानी उठन सक्ने कुरामा आफू विश्वस्त नभएको बताए । उनले भने, “महतोको सम्पूर्ण सम्पतीको एसेसमेन्ट हुदैछ, हामीले लिलाम निकालेका छौं, लिलाम सकार गर्ने व्यक्ति नआए प्रकृया पुरा गरेर बैंकको नाउँमा सम्पती आउँ छ ।”


सम्बन्धित समाचार