Logo

१९ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय सर्लाहीले करिब २८ लाख हुन्डीको रकमसहित दुइ जनालाई पक्राउ गरेको छ ।प्रहरीले विशेष सूचनाको आधारमा २७ लाख ७५ हजार रुपैयाँसहित दुइ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ घर भएका २४ वर्षीय कमर राजा र मलंगवा–३ बस्ने मोबाइल पसल सञ्चालक आरिफ अन्सारी छन् ।उनीहरूको साथबाट लक्ष्मी सनराइज बैंकमा ९ लाख ९० हजार रुपैयाँ दरमा जम्मा गरेको दुई वटा डिपोजिट भौचरसमेत बरामद भएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले जनाए ।

सुरुमा कमर राजालाई पक्राउ गरेर सोधपुछ गर्दा उनले फोन सिटी मोबाइल पसल सञ्चालकले रकम दिएको बयान गरेका थिए । सोही बयानका आधारमा मोबाइल पसल सञ्चालक आरिफ अन्सारीलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार