Logo

१९ चैत, काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय राजमार्गको सीमा निर्धारणका बिषयमा ख्याल राख्नुपर्ने बताए ।

मुलुकमा बनिरहेका राष्ट्रिय राजमार्ग र तिनको सीमाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले जवाफ दिनुपर्ने माग उनले गरे । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै आम जनता पार्टीका अध्यक्षसमेत रहेका सांसद साहले यस्तो माग गरेका हुन् ।

पहाडी लोकमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्गको १२ मिटर चौडाइ गरिएको स्मरण गर्दै उनले भने, ‘जिल्लास्तरका सडकहरु ६ लेनका हुने राष्ट्रिय राजमार्ग दुई लेनका हुने ? हामी के सन्देश दिन खोजिरहेका छौं ?’
राजमार्गको सीमा निर्धारण नगरिनु राज्यको हेलचेक्य्राइँ भएको उनको भनाइ छ । ‘राष्ट्रिय राजमार्गको सीमा किन निर्धारण गरिएको छैन । यसरी राष्ट्रको रकममा हेलचक्याईं गर्न मिल्छ ? यो रकमको दुरुपयोग हो,’ उनले भने ।


सम्बन्धित समाचार