Logo

२१ चैत, काठमाडौं। दक्षिण कोरियाका वैज्ञानिकहरूले कृत्रिम सूर्यमा ४८ सेकेन्डसम्म १० करोड डिग्री सेल्सियस तापक्रम कायम गरेर विश्व कीर्तिमान बनाएका छन् । यो तापक्रम सूर्यको केन्द्रभन्दा सात गुणा बढी छ। यसअघि २०२१ मा ३० सेकेन्डको कीर्तिमान बनाइएको थियो ।

वैज्ञानिकहरूले कोरिया सुपरकन्डक्टिङ टोकमाक एडभान्स्ड रिसर्च (कएसटीएआर) उपकरण बनाएका छन्, जसमा यो तापक्रम आणविक फ्युजन प्रयोगका क्रममा सिर्जना गरिएको थियो। यो प्रयोग डिसेम्बर २०२३ र फेब्रुअरी २०२४ को बीचमा गरिएको थियो।

आणविक संलयनमा, दुईवटा हल्का परमाणु केन्द्रबिन्दु मिलेर भारी परमाणु बन्छ। यसमा ठूलो मात्रामा ऊर्जा निस्कन्छ। सूर्य जस्ता ताराहरूले पनि परमाणु संलयनबाट ऊर्जा र प्रकाश प्राप्त गर्छन्। यसमा हाइड्रोजन परमाणुहरू मिलेर हेलियम बनाउँछन्।

‘हामी सन् २०२६ सम्ममा १० करोड डिग्रीको प्लाज्मा तापक्रम ३०० सेकेन्डसम्म कायम राख्न सक्षम हुन चाहन्छौं’, कोरियन इन्स्टिच्युट अफ फ्युजन इनर्जीको केएसटीएआर रिसर्च सेन्टरका निर्देशक सि–वू युनले भने ‘यो धेरै महत्त्वपूर्ण हुनेछ। फ्युजन प्रतिक्रियाहरूलाई अत्यधिक गर्मी र दबाब चाहिन्छ। पृथ्वीमा यस प्रक्रियामा निपुण हुनु अत्यन्तै चुनौतीपूर्ण छ।’

फ्युजन रिएक्टरको सफलताबाट तीनवटा ठूला फाइदा हुनेछन् । फ्युजनमा कार्बन प्रदूषण बिना असीमित ऊर्जा प्रदान गर्ने क्षमता छ। आणविक विखंडनको चेन रियाक्सन जस्तो फ्युजनमा कुनै खतरा छैन। यसले दीर्घकालीन आणविक फोहोर उत्पादन गर्दैन।

केएाटीएआरलाई कृत्रिम सूर्य भनेर चिनिन्छ। यो जनवरी १०, २०२२ मा दक्षिण कोरियाको डेजियोनमा रहेको कोरिया इन्स्टिच्युट अफ फ्युजन एनर्जीमा स्थापना गरिएको थियो। डोनट आकारको फ्युजन रिएक्टरको नाम ‘टोकामाक’ हो। यसमा, हाइड्रोजन भेरियन्टलाई प्लाज्मा बनाउन तताइन्छ। यो पदार्थको अवस्था हो जसमा परमाणु न्यूक्लियस र इलेक्ट्रोनहरू अलग हुन्छन्।

 


सम्बन्धित समाचार