Logo

२३ चैत,काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। नेपाल एका कप्तान विनोद भण्डारीले टस जितेर आएरल्याण्ड एलाई ब्याटिङको निम्तो दिएका हुन्।

पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो। नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
नेपालले आजको खेलमा ब्याटर अर्जुन कुमाललाई प्लेइङ ११ मा स्थान दिएको छैन। उनको स्थानमा नरेन भट्टलाई मौका दिएको छ।

विनोद भण्डारी (कप्तान), देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रिजन ढकाल र मौसम ढकाल।

 


सम्बन्धित समाचार