Logo

फाइल फोटो

२३ चैत,वीरगञ्ज । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पर्सा जिल्लामा मर्यादितरुपले सम्पन्न भएको छ । चैत्र १५ गतेदेखि सुरु भएको परीक्षा जिल्लामा शान्त तथा मर्यादित रुपले सम्पन्न भएको शिक्षा बिकास तथा समन्वय एकाइ कार्यालय पर्साले जनाएको छ ।

कार्यालय प्रमुख श्याम किशोर गुप्ताले जिल्लामा मर्यादित तथा सौहार्दपूर्ण वातावरणमा परीक्षा सञ्चालन गराइएको दाबी गरे । मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, सिरहा लगायत देशका विभिन्न स्थानमा ह्वाट्सएप गु्रप तयार गरी चिट चोराउने काम भएपनि पर्सामा यस्तो नभएको उनको दाबी छ ।

परीक्षा केन्द्रमा छात्राछात्रको चेकजाँचका लागि कडा व्यवस्था मिलाइएको बताँउदै उनले केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोबाइल सुविधा उपलब्ध नगराइएको बताए ।

उनले भने, ‘जिल्लाभरका जम्मा २६ केन्द्रहरुबाट २५ देखि ३० स्मार्ट वाचहरु बरामद भयो, तर कुनै परीक्षार्थीहरु बाहिरबाट परिचालित जस्तो देखिएन परीक्षा शान्तरुपले चल्दै छ ।’

नियमित परीक्षार्थीहरुतर्फ कसैले पनि नियमविपरित कार्य नगरेको र कसैलाई निष्कासन गर्नुपर्ने अवस्थामा नआएको उनले बताए । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, पर्सा प्रहरी एसपी कुमोध ढुंगेल र शिक्षा बिकास तथा समन्वय एकाइ कार्यालयका टोलीहरुले परीक्षा केन्द्रहरूको नियमित अनुगमन गरेको उनले जानकारी दिए ।

उनका अनुसार नियमिततर्पmको परीक्षा आजदेखि सकिएको छ । भने ग्रेडवृद्धितर्पmको एसइई चैत २५ गते र प्राविधिकतर्पmको एसइई चैत २७ गते सकिने उनले जानकारी दिए ।


सम्बन्धित समाचार