Logo

२३ चैत,सुनसरी । सुनसरीको भुटाहामा प्रहरीले हवाई फायर गरेको छ । दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो ।

हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको जनाइएको छ । प्रहरीले ११ राउण्ड अश्रूग्यास समेत प्रहार गरेको छ । दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको बताए ।

उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर पठाइएको छ ।


सम्बन्धित समाचार