Logo

२३ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले लागु औषध गाँजा बरामद गरेको छ । बारा प्रहरीले सिम्रौनगढ नगरपालिकाको वडा नम्बर २ महुवाहीबाट १० किलो गाँजा बरामद गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा साइकल चालक प्रहरीलाई देख्नसाथ फालेको बोराबाट गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

उनका अनुसार साइकल चालकले प्रहरीलाई देख्नसाथ गाँजा फाली फरार भएका थिए । त्यसपछि फालेको बोरा खोल्दा उक्त परिमाणको गाँजा बरामद भएको बारा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार