Logo

२३ चैत,वीरगञ्ज । बारा प्रहरीले १ लाखबढी मूल्यका औषधीहरु पक्राउ गरेको छ । प्रहरीले १ लाख ५७ हजार २०८ मूल्य बराबरका औषधीहरु पक्राउ गरेको हो ।

प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट उक्त परिमाणका औषधीहरु नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ७ ख ५०११ नम्बरको बसलाई जाँच गर्दा स्रोत खुलाउन नसकेको औषधीहरु बरामद गरेको उनले बताए ।

बरामद औषधीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको प्रहरीले जनायो ।


सम्बन्धित समाचार