Logo

२३ चैत,वीरगञ्ज । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पतालमा काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले अस्पतालको आकस्मिक कक्ष, प्रयोगशाला, विभिन्न वार्ड र निर्माणाधिन भवनको निरीक्षण गरेका थिए । यस्तै निरीक्षण अघि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीसँग भएको अन्तरक्रियामासमेत स्वास्थ्यमन्त्रीसमेत सहभागी थिए ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका मन्त्री यादवले अन्तरक्रियामा उपस्थित पार्टीका नेता, कार्यकर्ता तथा कर्मचारीलाई अस्पतालमा काम गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।


सम्बन्धित समाचार