Logo

फाइल फोटो

२५चैत,वीरगञ्ज । मधेश प्रदेशको सिरहामा हतियार देखाएर रकम लुटपाट भएको छ । आज दिउँसै हतियार देखाएर एक मनि ट्रान्सफरको रकम लुटपाट गरिएको छ । सिराहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा लुटिएको सिरहा प्रहरी प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट हतियार देखाएर लुटिएको सिरहा प्रहरीको भनाइ छ । भारतीय नम्बरको मोटरसाइकलमा आएका लुटेराहरूले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर रकम लुटेर लगेको प्रहरी बताउँछ । साथै उनीहरुले २ थान ग्लोबल आईएमई

बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खालि चेक र मोबाइल समेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।लुटिएको रकम विष्णुरपुर गाउँपालिका १ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको प्रहरीले बताएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


सम्बन्धित समाचार