Logo

२६ चैत्र ,बारा । आम ढुवानी व्यवसायीहरुले आइतबार राष्ट्रिय बिमा कम्पणीको शाखा कार्यालय अमलेखगञ्जमा तालाबन्दी गरेका छन् । संस्थाले आन्तरिक ढुवानी बिमावापतको रकममा अनियमितता र छानविनको माग गर्दै ढुवानी व्यवसायी तथा स्थानीयले तालाबन्दी गरेका हुन् ।

२०६८ साल देखि आन्तरिक ढुवानी बीमा बापत संकलन गरेको रकम मध्ये ८० करोड भन्दा धेरै रकम पेट्रोलियम ब्यवसायी संघ नेपालका माहासचिव आत्माराम थापाले हिनामिना गरेको आरोप लागेको छ ।आन्तरिक ढुवानी बिमा बापत संकलन गरेको रकम कागजको चिर्कटोमा उठाउने, उठाएको रकम संस्थाको खातामा जम्मा नहुने, लेखा परीक्षण गर्दा बेरुजु देखिने, मूल्य अभिवृद्धि कर र अन्य कर समेत हिनामिना गरेको आरोप छानविन गर्न माग गर्दै ढुवानी व्यवसायीले विज्ञप्ति जारी गरेको छ ।

यो घट्नाको छानबिनकोलागि नेपाल बिमा प्राधिकरण ,अख्तियार दुरुपयोग अनुसन्धान आयोग ,सम्पत्ती शुद्धिकरण तथा अनुसन्धान ,राजस्व अनुसन्धान बिभाग प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालय ,नेपाल आयल निगमको केन्द्रिय कार्यालय र संघिय संसद प्रतिनिधि सभाको सार्बजनिक लेखा समितीमा छानबिनकोलागि उजुरी परेको छ । तर हालसम्म कुनै निकायले यसको छानबिन नगरेको जारी बिज्ञेप्तिमा जनाईएको छ ।

ढुवानी व्यवसायी रिकेश नगरकोटीले एसोसिएसनले व्यवसायीहरूको करोडौँ रुपैयाँ उठाएर भ्रष्ट्राचार गरेको बताएका छन् ।

‘हामी व्यवसायीहरूको पैसाको खुल्ला भ्रष्टाचार भएको छ’ नगरकोटीले भने ‘हाम्रो गाडीले प्रत्येक वर्ष बिमा बापत १० देखि १५ लाख बुझाउँछ, तर उहाँहरूले दिने सेवा सुविधा भनेको हाम्रो ट्यांकीमा आगजनी भयो भने तेल पोखियो भने मात्रै हामीलाई हेर्ने हो, त्यो पनि ५ वर्ष १० वर्षमा झुक्किएर एउटा घटना हुन्छ ।’ढुवानी व्यवसायीहरूको समस्यामा एसोसिएसनले कुनै सुनवाइ नगरेको उनीहरूको गुनासो छ । अर्का ढुवानी व्यवसायी गम्भीर नेपालीले बिमाको नाममा वार्षिक लाखौं लाख रुपैयाँ उठाएर हिनामिना भएकोले तत्काल छानबिन हुनुपर्ने माग गरेका छन् ।‘हामीले ढुवानी बिमा बापत वार्षिक लाखौं रुपैयाँ बुझाउँछौ तर स्थानीय ढुवानी व्यवसायीहरूका लागि एसोसिएसनले १ प्रतिशत पनि लगानी गरेको छैन, हाम्रो पैसा उठाएर उहाँहरूले पदमा बसेर मिलेमतोमा व्यक्तिगत लाभ लिइरहनुभएको छ’ ढुवानी व्यवसायी नेपालीले भने ‘सञ्चार माध्यममार्फत सरोकारवाला निकायहरूले यसको निष्पक्ष छानबिन हुनुप¥यो भन्ने हाम्रो माग हो ।’

आन्तरिक ढुवानी बिमा बापतको रकम तत्कालका लागि ट्यांकर चालकले जम्मा गरे पनि यो रकम पेट्रोल पम्प सञ्चालकहरूले बुझाउने गर्दछन् । आयल निगमबाट लोड भएर निस्किएको ट्यांकर दुर्घटना तथा आगलागी नहोस् भन्नेका लागि अनिवार्य बिमाको व्यवस्था गरिएको छ ।एउटै पम्प सञ्चालकले ढुवानी बिमा बापत वार्षिक लाखौं रुपैयाँ एसोसिएसनलाई बुझाउँदै आएका छन् । आयल निगमको अम्लेखगञ्ज डिपो अन्तर्गत रहेको राष्ट्रिय बिमा कम्पनीका प्रमुख विनय अधिकारीले ६ महिना अघिदेखि मात्रै अनलाइन प्रकियाबाट भ्याटमा रसिद काट्न सुरु गरेको बताएका छन् ।

आम ढुवानी व्यवसायीहरुले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २१ को कार्यालय तथा नेपाल आयल निगम, मधेस प्रदेशको कार्यालय अमलेखगञ्जलाई समेत बोदार्थ दिएका छन् ।
ढुवानी व्यवसायीले तालाबन्दी गरेको केही समयमै प्रहरीले तालाबन्दी तोडेको थियो । ढुवानी व्यवसायीले भने अनियमितताको छानबिन गरी सत्यतथ्य बाहिर नआएसम्म चरणबद्ध आन्दोलन गर्ने आम ढुवानी व्यवसायीहरुले बताएका छन् ।

 


सम्बन्धित समाचार