Logo

२६ चैत,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा सामुदायिक भवन तथा सडक निर्माण हुने भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नम्बर ४ का सांसद रमेश रिजालले निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

गाउँपालिकाको वडा नम्बर २ स्थित रैनी–झैनी मन्दिर नजिकै जेष्ठ नागरिकको लागी सामुदायिक भवन र गण्डक नहर देखि मठसम्मको बाटोको निर्माण कार्यको पूर्व उद्योगमन्त्री समेत रहेका सांसद रिजालले एक कार्यक्रमबिच शिलन्यास गरेका हुन् । सामुदायिक भवन २५ लाख सडक २० लाख लागतमा निर्माण गरिने जनाइएको छ ।

कार्यक्रममा क्षेत्रीय सभापति तथा जगरनाथपुर गाउँपालिका प्रमुख श्रीकान्त यादव, वडा अध्यक्षद्वय नेपाली कुशवाहा, सुभाष यादव, लक्ष्मी साह, युवा नेता सुरेन्द्र क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार