Logo

२६ चैत,सेढवा। पर्सा राष्ट्रिय निकुन्ज आधाभार तथा तराई भु–परिधी ताल कोहलपुर, बाँकेको सहकार्यमा सञ्चार कक्षा सुरु भएको छ । मानव वन्यजन्तु समझदारी अभिवृद्धी चेतनामूलक व्यवहार परिवर्तनका लागि सञ्चार कक्षा सुरु भएको हो ।

ठोरी गाउँपालिका वडा ५ सुवर्णपुरमा कक्षा सुरु भएको छ । सुनाखरी उपभोक्ता समिति सुवर्णपुरको अध्यक्ष भिमबहादुर पाख्रिनको अध्यक्षतामा सखुवाटी प्रावि.छिरिङलाइन, बाल प्रतिभा प्रावि गडुवालाइन, आठघरे र ठुलो बाघमोर्चामा कक्षा सञ्लान भएको हो ।

चारै वटा कक्षा संचालन केन्द्रमा १३ वर्षमाथि उमेर समूहका ३०÷३० जनाको सहभागिता रहने सुनाखरी उपभोक्ता समिति सुवर्णपुरका सचिव जीवन श्रेष्ठले बताए । कक्षामा सुस्तिका गिरि बिस्ट, गोपाल श्रेष्ठ र सुशिला बोम्जन र बेनिसा लोप्चनले प्रशिक्षण दिने सचिव श्रेष्ठले बताए ।

कक्षाहरु १० दिनसम्म संचालन हुने जनाईएको छ । कार्यक्रममा मानव वन्यजन्तु समझदारी, व्यवहार परिवर्तन र वन्यजन्तु तथा जैविक विविधता संरक्षण सम्बन्धि जानकारीहरु आदानप्रदान हुने सुनाखरी उपभोक्ता समितीका सचिव श्रेष्ठले जनाए ।


सम्बन्धित समाचार