Logo

२६ चैत,वीरगञ्ज । २७ लाख भन्दा बढी मूल्यका भन्सार छलीका सामानसहित ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले २७ लाख ३७ हजार २५० मूल्य बराबरका कपडा तथा खुद्रा सामानसहित ट्रक निन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा जाँच गर्दा जिल्लाका फरकफरक स्थानहरुबाट उक्त सामानसहित ट्रक नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जनाए । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोक सडकखण्डबाट ना।३ ख ४५०९ नम्बरको ट्रक पक्राउ गरेको उनले बताए ।

ट्रकबाट भन्सार छलीका २६ लाख ५९ हजार ३३५ रुपैँयाका कपडा तथा खुद्रा सामानहरू बरामद भएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरि वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट ७७ हजार ९५० मूल्यका सामानहरू बरामद भएको प्रहरीले जनायो ।

बरामद सामानसहित ट्रकलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार