Logo

२८ चैत,वीरगञ्ज । मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी बुधबार जनकपुरधाममा सुरु भएको छ । गोष्ठीको गृहमन्त्री लामिछाने र मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गरेका छन् ।

गोष्ठीमा प्रदेशको सुरक्षा चुनौती, सुरक्षा तथा विपद् व्यबस्थापन, सेवा प्रवाह र शान्ति सुरक्षा कायम राख्न अपनाइने रणनीति विषयमा छलफल हुने मधेश प्रदेश गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले जानकारी दिए । गोष्ठी अघि गृहमन्त्री लामिछानेले आरती साह मृत्यु प्रकरणबारे अनुसन्धानमा खटेका सुरक्षा अधिकारीसंग र मिटरब्याज पीडितहरुसंग समेत छलफल गरेका थिए ।

मिटरब्याजको समस्या समाधान गर्न आयोगले काम गरिरहेको र सबै पीडितलाई न्याय दिने प्रतिबद्धता गृहमन्त्री लामिछानेले जनाएका छन् । गोष्ठीमा मधेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, प्रदेश प्रहरी कार्यालय र आठै जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी छन् ।

 


सम्बन्धित समाचार