Logo

२८ चैत,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा जनता समाजवादी पार्टीका सांसद प्रदिप यादवले देशभरका सहकारीको छानबिन गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दे उनले यस्तो माग गरेका हुन् ।

उनले मधेश प्रदेशको एकमात्र महानगरपालिकाको वीरगञ्ज महानगरस्थित सानो पाइला बचत तथा त्रृmण सहकारी संस्थाले बचतकर्ताको अर्बौ रकम लिएर फरार भएको भन्दै यसबारे ध्यान दिन जरुरी रहेको बताए ।मकै बेच्ने, हजाम तथा स–साना पसल एवम् व्यवसाय चलाउनेहरुको पैसा सहकारीमा डुबेकोले त्यो पैसा निकासा गराउन जरुरी रहेको उनले जनाए ।

पूर्वमन्त्रीसमेत रहेका सांसद यादवले २०४७ सालपछि बनेका प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति छानविन गर्ने पक्षमा जसपा रहेको उनको भनाइ थियो ।गणतन्त्र आएको १७ वर्ष पुग्न लाग्दा समेत देशका नागरिकहरुले केहि नपाएको उल्लेख उनले गरे । ज्यानको आहुति दिएर जसले देशमा गणतन्त्र भित्र्यायो, तीनै जनताको आधारभूत आवश्यकता पूरा नभएको तर नेताहरुको मोजमस्ती बढेको उनले जिकिर गरे ।

सांसद यादवले नेताको मात्र नभई कर्मचारीतन्त्रको समेत सम्पत्ति छानबिन गरिनुपर्ने धारणा व्यक्त गरे ।


सम्बन्धित समाचार