Logo

२९ चैत,ठोरी । ठोरी क्षेत्रका पुराना राजनीतिज्ञ जरीलाल थिङ्को निधनमा ठोरी गाउँपालिकाले पालिकाभर शोक बिदा दिएको छ । नेता थिङ्को निधनमा पालिकाले भोली शुक्रवार पालिकाभित्र विदा दिएको गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले सुचना मार्फत जानकारी दिनुभएको छ । साविक सुवर्णपुर गाविसका पुर्व अध्यक्ष समेत रहनुभएका थिङ्को ६९ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

क्यान्सर रोगबाट पीडित नेता थिङ्को भारतमा लगेर उपचार गरिएको भएपनि स्वास्थ्यमा सुधार हुन नसकेपछि नेपाल ल्याइएको थियो । पञ्चायतकालमा प्रधानपञ्च एवम् २०५४ को स्थानीय निकायको निर्वाचनमा सुवर्णपुर गाविस अध्यक्ष निर्वाचित नेता थिङ २०७४ को स्थानीय तह निर्वाचनमा ठोरी गापामा नेपाली काङ्ग्रेसबाट अध्यक्ष पदका लागि निर्वाचन लड्नुभएको थियो । यस्तै अघिल्लो पटक २०७९ मा सम्पन्न प्रदेश सभा सदस्य पदको निर्वाचनमा समेत उहाँ स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचन लड्नुभएको थियो ।

नेपाल तामाङ घेदुङ्का पुर्व केन्द्रीय सदस्य समेत रहनुभएका थिङ प्रष्टवक्ता समेत हुनुहुन्थ्यो ।


सम्बन्धित समाचार