Logo

२९ चैत,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको खटपट बाहिरिएको छ । संघको आन्तरिक विवाद महासचिव आशिष कुमार लाठले राजिनामा दिएसँगै खटपट बाहिरिएको हो ।

महासचिव लाठले चैत २८ गते दिएको राजिनामा पत्र सार्वजनिक भएको छ । अध्यक्ष अनिल कुमार अग्रवाल र महासचिव लाठबीच संघको लेखा सम्बन्धी विषयमा विवाद भएको राजिनामा पत्रबाट बुझिन्छ ।

राजिनामा पत्रमा लेखा सम्बन्धी अति गोपनिय विवरण सामाजिक सञ्जालमा पुगेको भन्दै महासचिव लाठले असन्तुष्टी जनाएका छन् । त्यसपछि कार्यालयमा महासचिव लाठले गएर विवरण माग्दा कर्मचारीले अध्यक्ष अग्रवालको अनुमति लिनुपर्ने भनेका रहेछन् । कर्मचारीसँग स्पष्टीरण माग गर्दा अध्यक्ष अग्रवालले नै जवाफी पत्र पठाएकोमा महासचिव लाठले असन्तुष्टी व्यक्त गरेका छन् ।

‘यहाँको पत्र अनुसार महासचिवको हैसियतले मैले अध्यक्षसित प्रयाप्त समन्वय अथवा सामन्जस्य गर्न नसकेको र संघकाृ पहतमा काम गर्न नसकेको भनेर सन्देश प्राप्त भएको छ यहाँको यस्तो अनपेक्षित एवं अप्रत्यक्ष आरोपबाट म झनै लज्जित भएको छु ।’ राजिनामा पत्रमा उल्लेख छ ।

अध्यक्षबाट विधानसम्मत प्रशासनिक कार्यमा अनाहक शंका र ठाडो हस्तक्षेप भएकोले महासचिवको हैसियतले काम गर्न नसक्ने पत्रमा भनिएको छ ।

यससम्बन्धमा जानकारी लिन महासचिव लाठसँग सम्पर्क गर्दा उनले संघको आन्तरिक विषय भएकोले मिडियामा छलफल नगर्ने प्रतिक्रिया दिएका छन् ।’संघको आन्तरिक विषय हो, मिडियामा किन छलफल गर्ने ? कार्यसमितिमा नै छलफल गर्छौ ।’उनले भने ।


सम्बन्धित समाचार