Logo

२९ चैत,वीरगञ्ज ।बाराबाट प्रहरीले भारतीय औषधीहरु नियन्त्रणमा लिएको छ । प्रहरीले सुवर्ण गाउँपालिका वडा नम्बर ३ दशगजाबाट भारतीय औषधीहरु नियन्त्रणमा लिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय कवहीबाट खटिएको टोलीले टाउकोमा बोकेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा औषधीहरु बरामद गरेको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए । बरामद औषधीको मूल्यांकन ५५ हजार कायम गरिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका औषधीहरुमाथि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।


सम्बन्धित समाचार