Logo

३० चैत,वीरगञ्ज । लायन्स क्लब अफ वीरगन्ज परिवारको अध्यक्षमा भानुभक्त अधिकारी चयन भएका छन् । बिहिबार बसेको नयाँ बोर्ड समितिको भेलाले उनलाई चयन गरेको हो ।

लायन्स वर्ष २०२४÷२५ को अध्यक्षमा अधिकारी चयन भएका हुन् । नवगठित कमिटिको भाईस प्रेसिडेण्टमा नरोत्तम पाण्डे, दोश्रो भाइस प्रेसिडेण्टमा दिगम्बर थापा र तेश्रो भाईस प्रेसिडेण्टमा संदीप साहलाई चयन गरिएको छ, सचिवमा गणेश ठाकुरलाई र कोषाध्यक्षमा सुधीर साहलाई चयन गरिएको निर्वाचन अधिकृत सन्दिप गुप्ताले जनाए ।

त्यस्तै लायन्स क्लब अफ परिवारका सदस्य श्याम गुप्ता डिष्ट्रिक्ट ३२५ एसको एरिया ३ को चिफमा चयन भएकोमा बधाई ज्ञापनसमेत गरिएको छ ।

नव निर्वाचित अध्यक्ष भानुभक्त अधिकारीले लायन्स क्लबको विधान र नियम परिधिमा रहेर सामाजिक सेवा र मानवीय सेवामा लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।


सम्बन्धित समाचार