Logo

३० चैत,वीरगञ्ज । पर्सा प्रहरीले ५ करोडभन्दा बढी मूल्यका भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएको छ । प्रहरीले चालु आर्थिक वर्ष २०८०/८१ को चैत महिनामा ५ करोड ८७ लाख ३६ हजार ७९९ मूल्य बराबरका भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो ।

प्रहरीले राजस्व अभिबृद्धी तथा भन्सार चोरी पैठारी न्यूनीकरण गर्न चलाएको जाँच अभियानका क्रममा जिल्लाका विभिन्न स्थानहरुबाट उक्त मूल्यका सामानहरु पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जनाए । उनका अनुसार सो समयमा प्रहरीले सबैभन्दा बढी विद्युतीय सामग्रीहरु नियन्त्रणमा लिएको हो । प्रहरीले २ करोड १० लाख ७८ हजार ६८१ मूल्यका विद्युतीय सामानहरु पक्राउ गरेको उनले बताए ।

यसैगरी किराना तथा खाद्यान्न सामान १ करोड ४२ लाख २३ हजार ९१७, लत्ताकपडाहरू १ करोड २३ लाख ४६ हजार ४९१, सवारी साधन तथा पार्टपुर्जा १ करोड १० लाख ८७ हजार ७१० मूल्यका नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सामानहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा तथा वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार