Logo

३ वैशाख,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर चोकबाट ना ३ ख ५१६५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको ट्रक चितवनतर्फ जाँदै गरेको सूचना प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा जाँच गर्दा ट्रकबाट ५८ लाख ४६ हजार २४१ मूल्य बराबरका सामानको बिल शंकास्पद देखिएको पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जनाए ।

बरामद सामानसहित ट्रक आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

 

 


सम्बन्धित समाचार