Logo

४ वैशाख,वीरगञ्ज । ट्याङकरको ठक्करबाट बारामा एकजना प्रहरी जवानको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ दुरसञ्चार नजिक ट्याङकरको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको प्रहरीले जनाएको हो ।

बारा प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षका दिनेश बहादुर परियार रहेका छन् ।

पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको तेल ट्याङकरले पछाडीबाट ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक प्रहरी जवान परियारलाई उपचारका लागि परवानीपुरको एलएल न्यूरो अस्पताल पठाइएको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

प्रवक्ता न्यौपानेका अनुसार प्रहरी जवान परियारको उपचारकै क्रममा ज्यान गएको हो । तेल ट्याङकर नियन्त्रणमा लिइएको र चालक भने फरार रहेकोले उनको खोजी कार्य भइरहेको बारा प्रहरीले जनायो ।


सम्बन्धित समाचार