Logo

४ वैशाख,वीरगञ्ज । बारा प्रहरीले ६५ हजार मूल्यका भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा ६५ हजार २ सय रुपैँया बराबरका भन्सार छलीका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्लाका फरकफरक स्थानहरुमा प्रहरी चलाएको जाँच अभियानका क्रममा उक्त मूल्यका सामानहरु बरामद भएको प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जनाए ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुरबाट १८ हजार मूल्यका चप्पलहरु पक्राउ गरेको उनले बताए । यस्तै कलैया–४ हनुमान मन्दिरबाट ना ५४ प ९३९१ नम्बरको मोटरसाइकलमा ल्याउदैँ गरेको अवस्थामा २८ हजारका पाउडर दूध बरामद भएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय जितपुरको टोलीले जितपुरसिमरा–७ मा वीरगञ्जदेखि काठमाण्डौँका लागि छुटेको प्र ०३–००१६ प ८६२१ नम्बरको बसमा लुकाइछिपाई लैजादै गरेको अवस्थामा १९ हजार २ सय मूल्यका ३२ प्याकेट मिट मसला बरामद भएको डिएसपी न्यौपानेले जानकारी दिए ।
बरामद सामानमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरी बताउँछ ।


सम्बन्धित समाचार