Logo

४ बैशाख, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मंगलबार विश्वासको मत पाएका छन् । उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा ६१ सांसदले मतदान गरेका छन् ।

प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत अर्थात ५३ जना सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्रीले त्यो भन्दा बढी अर्थात ६१ सांसदको मत पाएका हुन् ।

तर, प्रदेशसभाको बैठक लोकतान्त्रिक प्रक्रियाअनुसार सञ्चालन गर्न सभामुख चुकेको भन्दै कांग्रेस, जनमत र लोसपाका सांसदले भने सदन बहिस्कार गरेका थिए । त्यसअघि ती दलका सांसद सदनमा तोडफोड र कुटाकुटमा समेत उत्रिएका थिए ।

राजविराजमा मन्त्रीमाथि भएको हमलाको संसदीय छानबिन समिति घोषणा र मुख्यमन्त्रीको राजीनामा माग्दै विपक्षी सांसदले लफडा निकालेका थिए ।

सत्ता समीकरणमा भएको परिवर्तनपछि मधेस प्रदेशका मुख्यमन्त्रीले पुन विश्वासको मत लिएका हुन् ।


सम्बन्धित समाचार