Logo

५ वैशाख,वीरगञ्ज । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको स्मरण गरिन्छ ।

श्रीराम जन्मोत्सव वीरगञ्जमा पनि धुमधामले मनाइँदैछ । श्रीरामको जन्मोत्सवका अवसरमा आज वीरगञ्जमा शोभा यात्रा निकालिएको हो ।

वीरगञ्ज वडा नम्बर १० घडिअर्वास्थित श्री रामजानकी मन्दिर तदर्थ समितिको आयोजनामा शोभा यात्रा निकालिएको हो । पर्सा, बारा तथा छिमेकी राज्य भारतका हजारौँको सहभागितामा निस्किएको वृहत् शोभा यात्रा निकालिएको हो ।

श्री रामजानकी मन्दिरबाट झाँकी र बाजागाजासहित भव्य रुपले निकालिएको शोभा यात्राले नगर परिक्रमा गरी पुनः मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।

रामजानकी मन्दिर तदर्थ समितिका अनुसार मध्याह्न १२ बजे प्रसाद वितरण गरिएको छ । भने अपराह्न ४ बजे रामायण झाँकी हुने समितिले जनायो ।

साँझ साढे ६ बजे आरती समाप्तिपछि प्रसाद वितरण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।
श्रीरामको जन्मोत्सवको अवसरमार आज श्रीरामजानकी मन्दिरमा दिनैभर विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ ।


सम्बन्धित समाचार