Logo

५ वैशाख,वीरगञ्ज । नयाँ वर्ष सुरु भएसंगै देशमा जोडतोडले विद्यालय भर्ना अभियान पनि सुरु भएको छ । सरकारी तथा गैरसरकारी विद्यालयहरु अहिले विद्यालय भर्ना लक्षित गतिविधिहरुमा केन्द्रीत छन् ।

निजी विद्यालयहरुले आफ्नो गुणस्तरीयताको बखान गरेर विद्यार्थीलाई आफ्नोतर्फ आकर्षित गर्ने रणनीतिमा छन् भने सामुदायिक विद्यालयहरु औपचारिकता मात्रै पूरा गरेर विद्यालय भर्ना अभियान चलाउने तयारीमा ।

यो सिलसिला हरेक नयाँ शैक्षिक सत्र हुनु अगाडि सुरु गरिन्छ, तर निजी विद्यालयमा भर्ना भएका विद्यार्थीहरु भने ड्रपआउट हुँदैनन् । जबकी सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको संख्या कम हुँदै जान्छ ।

तर यसतर्फ सरकार वा सम्बन्धित निकायको खासै ध्यान गएको हुँदैन, जसकारण निम्नमध्यम वर्गीय परिवारका छोराछोरीहरु भने शिक्षाबाट बञ्चित हुन पाउँछन् ।

मूलतः यही सेरोफेरोमा रहेर यो आलेखमा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना भइसकेपछि किन नियमित अध्ययन गर्न जाँदैनन्, त्यो विषय केलाइएको छ ।

प्रत्येक शैक्षिक वर्ष अर्थात् बैशाखको पहिलो र दोस्रो हप्ता नियमित विद्यार्थी भर्ना गराउने अभियान चलाइन्छ । विद्यालयको रजिस्टरमा पनि विद्यार्थीहरुको भर्नाको संख्याको सूचि लामै भरेको पाइन्छ । तर त्यही संख्यामा वास्तविकरुपमा विद्यार्थी भने विद्यालयमा जाँदैनन् ।

अर्थात् पहिलो त्रैमासिक परिक्षामा एक तिहाइले घटेको पाइन्छ, अझ अन्तिम परिक्षा हुँदासम्म त यो झनै संख्या एक तिहाइले घटेको सरकारी तथ्यांकले बोलिरहेको हुन्छ । जुन एकदम गम्भीर विषय मात्रै होइन, सोचनीय मुद्दा पनि हो ।

आखिरमा किन भर्ना भएका सवै बालबालिकाहरु विद्यालयमा नियमति हुदैन त ? के साच्चिकै उनीहरु पढन नचाहेकै हुन त ? वा विद्यालयको वातावरण नै बालमैत्री नहुँदा उनीहरु विद्यालय नियमित जान नसकेका हुन ? यो गम्भीर सवाल खडा भएको छ ।

पहिला जानौं । विद्यार्थीहरु नियमित विद्यालय नजाने प्रमुख कारणहरुबारे, जुन यसप्रकारका छन् ।
–विद्यार्थीहरुले घर पछि अधिकांश समय विताउन ठाँउ भनेको विद्यालय हो । तर त्यही विद्यालयको भौतिक अवस्था एकदम कमजोर हुन्छ । कतिसम्म कमजोर कमजोर रहन्छ भने विद्यालयको कक्षाकोठा त पशुचौपाया बस्ने भन्दा पनि गुणस्तरीहीन रहन्छ, जसका कारण विद्यार्थीहरुलाई सुरुमै मानसिकरुपमा हीनताबोध महसुस हुन जान्छ । अनि यहीबाट सुरु हुन्छ– विद्यालय ‘ड्रपआउट’को सिलसिला ।

–भर्खरै घर छोडेर विद्यालय गएका बालबालिकाहरुलाई घर भन्दा बढि मायाको आवश्यकता पर्दछ, जुन कुरा शिक्षकबाट उनीहरु पाउँदैनन् । जुनकारण विद्यार्थीहरुसंगको उनीहरुको व्यवहार बेग्लै रहन्छ । अर्था्त डर, धाक, धम्की जस्ता व्यवहारले पढाउन शिक्षकहरु खोज्छन् तर यही व्यवहारले भने विद्यार्थीहरुलाई मनमा ठेस पु¥याइरहेको हुन्छ, जुन ड्रपआउट हुने अर्को कारण बन्न पुग्छ ।

–साथै अर्को महत्वपूर्ण कुरा के हो भने परिक्षाको नाममा तर्साउने काम । संसारमै परीक्षाको नामले अधिकांश व्यक्तिको मनमा डर पैदा हुने गरेको धेरै सुन्न पाइन्छ । जुन वास्तविक कुरा पनि हो । हो, हाम्रोतिर यही परिक्षा विद्यालयमा पढाइ भन्दा बढि सञ्चालन हुने गरेको पाइन्छ । अब यसमा कतिपयको धारणा फरक होला, नकार्न मिल्दैन् । अर्था्त कतिपयले परीक्षाले पढाइमा फाइदा पु¥याउला भन्नालान ! त्यो विषय बेग्लै पाटो हो । तर सरदर अनुपातमा यसले भर्खरै विद्यालय गइरहेका विद्यार्थीहरुलााई भने मानसिक तनाव दिइरहेको हुन्छ, जुन अर्को कारण हो ।

–विद्यालयमा समावेशी किसिमको भौतिक संरचना तथा शैक्षिक सामग्री उपलब्धतामा समस्याका कारण पनि विद्यालयमा बालिकाहरु नियमित आउँदैनन् । अर्थात् शिक्षण सामग्रीको नाममा शिक्षकको हातमा चक र डस्टर बाहेक केही पनि हुदैन त्यसकारण कक्षा चाखलाग्दो हुदैन फलस्वरुप विद्यार्थीहरु नियमति विद्यालय जान छाड्छन ।

–विद्यार्थीहरु नियमित नहुनुमा अभिभावक पनि उत्तिकै दोषी हुन्छन् । कारण– विद्यालय ब्यवस्थापन समितिको निर्वाचनमा होमिने अभिभावक त्यसपछिका दिनहरुमा विद्याालयमा देखापर्दैन् । जबकी अभिभावकहरु विद्यालयमा जानुपर्छ । त्यहाँ गएपछि बच्चाहरुलाई अभिभावकबाट निगरानी भइरहेको भान हुन्छ, तर यो मामिलामा विद्यालयले पनि अभिभावक डाँकेको हुँदैन । विद्यार्थीहरुको प्रगतीको बारेमा छलफल गरेको हुँदैन, जसका कारण अभिभावक र विद्यालयबीचको सम्बन्ध सुमधुर रहने कुरै भएन । अनि यही ग्यापिङ्गले केही विद्यार्थीहरु भने बीचैबाट हराउने गर्दछन् ।
यी त भयो विद्यालयबाट विद्यार्थीहरु ड्रपआउट हुने केही मुख्यकारणहरु । तर अब कसरी विद्यार्थीहरुलाई विद्यालयमा नियमित गराउन सकिन्छ, त्यो जानौं । अर्था्त के–के विषयमा ध्यान दिनुपर्छ ? ती विषयहरु यस्ता छन् ।

–विद्यालयको कक्षाकोठा, खानेपानीको धारा, शौचालय, शैक्षिक सामगी्र लगायत शिक्षण कृयाकलापमा समावेश हुने सम्पुर्ण सामग्रीहरु बालमैत्री हुनु पर्दछ,

–शिक्षकहरुले पुरानो शिक्षण विधिलाई सम्पुर्ण किसिमले त्यागेर बालमैत्री सिकाई पद्धतीलाई अपनाउँन जान्नु पर्दछ र जसमा स्थानीय तहले सहयोग गर्दै जानु पर्दछ,

–बालबालिकाको इच्छा , चाहाना अनुसार उनीहरुलाई मायाको वातावरणमा शिक्षा दिने महिला शिक्षक प्रत्येक विद्यालयमा अनिवार्य रुपमा व्यवस्था गरिनु पर्छ,

–बालबालिकाहरुलाई आफै गरेर सिक्ने वातावरणको सृजना गर्नुपर्छ,

–विद्यार्थीहरुको मनवाट परिक्षाको भूत भगाउनको लागि नेपाल सरकार शिक्षा तथा विज्ञान मन्त्रालयले लागु गरेको विद्यार्थी निरन्तर मूल्याकंन पद्धतीलाई पूर्णरुपमा लागू गर्नु पर्दछ, अरु परीक्षा प्रणालीलाई निरुत्साहित गर्दै जानु पर्दछ,

–विद्यालयमा नियमित रुपमा खेल, गीत, नाच, हाजरी जवाफ प्रतियोगिता, वादविवाद जस्ता अतिरितm क्रियाकलापहरु संचालन गर्नुपर्छ,

–विद्यालयमा शिक्षक, अभिवाक र विद्यार्थीहरुको वीचमा त्रैमासिकरुपमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुपर्छ, विद्यलयमा देखिएको समस्याको बारेमा साझा कार्यक्रम बनाइ लागू गर्नु पर्दछ,

–विद्यालयले बनाउने वार्षिक कार्य योजनामा अतिरिक्त क्रियाकलापका योजना बनाइ प्रभाकारीरुपमा कार्यान्वयन गर्ने जसबाट बालबालिकाको सर्वाङ्गिण विकासमा सहयोग पुग्दछ,

–सरोकारवालाहरुमार्फत नियमित विद्यालयको अनुगमन गर्नु पर्दछ र विद्यार्थी उपस्थितीको आधारमा विद्यालयलाई अनुदान दिने नितीको विकास हुनुपर्दछ,
विद्यालय नै बालमैत्री हुनु पर्दछ ताकी सिकाई उपलव्धिमा बृद्धि हुन्छ र बालबालिकाहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्छन् ।


सम्बन्धित समाचार