Logo

५ वैशाख,वीरगञ्ज । पर्साबाट प्रहरीले झण्डै १८ लाख मूल्यका सामानसहित पशुचौपाया पक्राउ गरेको छ । प्रहरीले १७ लाख ७२ हजार ७३० मूल्य बराबरका सामानसहित पशुचौपाया पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जाँच गर्दा जिल्लका फरकफरक स्थानहरुबाट भन्सार छलीका सामानसहित पशु नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता कुमार बिक्रम थापाले जनाए ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट ७ लाख ३२ हजार ७३० मूल्यका सामानहरु पक्राउ गरेको उनले बताए । उनका अनुसार प्रहरीले कुर्ता सुरुवाल ३१५ पिस, टप्स ८०२ पिस, कुर्ता बनाउने थान कपडा २०० मिटर, कार्पेट रोल ३, मोबाईल चार्जर ३९० पिस, मोबाईल ब्याट्री सानो ४८ पिस, एयर बड्स ३ पिस, डिस्पले २४ पिस, टेम्पर ग्लास १२० पिस, डाटा केबल ८० पिस, मोबाइल कभर ६३ पिस, प्याज १३८८ के.जी, १३० केजी.र मिट मसाला ८० केजी. नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय ठोरीले ठोरी गाउँपालिका–२ बाट १० लाख ४० हजार मूल्यका पशुचौपायाहरु नियन्त्रणमा लिएको प्रहरीले जनायो । ना.३ च १०८९ नम्बरको पिकअपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा पाडाहरू ५ वटा, पाडी १ वटा गरी ६ गोटा र ना.३ च १०८९ नम्बरको सेतो पिकअप नियन्त्रणमा लिएको हो ।

बरामद सामानसहित पशु आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी बताउँछ ।


सम्बन्धित समाचार