Logo

६ वैशाख,काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले एकल जातीय चिन्तन सोचबाट नेपालको शासन सत्ता चलिरहेको आरोप लगाएका छन्। बुधबार काठमाडौंमा आयोजित आफ्नै राजनीतिक जीवनी ‘अधुरा क्रान्ति’ नामक पुस्क विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अधिकार र पहिचान मेटाइदिने काम राम्रो नभएको बताए। पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरुले साझा नेपाल बनाउन नसकेको उनको भनाइ छ।

उनले १०४ वर्षे जहाँनिया शासन, त्यसपछि वंशीय शासन र ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय शासन सत्ता मात्रै सञ्चालन भइरहेको बताए।
उनले भने, ‘यो देश कानुन बन्दाखेरी नै वान नेशन, वान स्टेटेड थेउरीमा नेपाल बनेकै थिएन। यहाँ जबरजस्ती नेपाल चलाउन खोज्यो। अप्राकृतिक ढंगले नेपालको शासन र संविधान बनाउन र चलाउने काम भयो। यो देश बन्दाखेरी नै विभिन्न पहिचानहरु मिलाएर बनेको नेपाल हो नि त। बाइसे, चौबिसे भनेको होइन। नेपाल बन्नु भन्दा पहिला त छुट्टै राज्य र पहिचान थिए नि। सबै पहिचान एक ठाउँ बनाएपछि नेपाल बनेको हो नि। नेपाल बन्यो राम्रो हो, हामी स्वाभिमानी भयौँ, पहिचान भयौँ, राम्रो हो।

तर अधिकार र पहिचान मेटाइदिने त्यो त राम्रो भएन नि। पृथ्वीनारायण शाहपछिका अहिलेसम्मका शासकहरुले साझा नेपाल त खै बनाएको? साझा फूलबारी खै? १०४ वर्षे जहाँनिया एकल फूलबारी भयो। एकल फूलबारी बन्यो। त्यसपछि वंसीय शासन। ०४६ सालको लोकतन्त्रपछि अहिलेसम्म गणतन्त्रसम्म नश्लीय फूलबारी। एकल जातीय चिन्तन सोचबाट नेपालको शासन र संविधान बनाएर चलाइएको छ, यो त ठिक भएन नि।’


सम्बन्धित समाचार