Logo

६ वैशाख,ठोरी । ठोरीको अधुरो हुलाकी सडक निर्माणका सम्बन्धमा संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । साविकको ठोरी गाविसमा अधुरो रहेको करीब ५ किलोमिटर हुलाकी सडकको स्थलगत निरिक्षण गर्दै समितिका सदस्यहरुले सडकको अवस्थाका बारेमा चासो देखाएका हुन्।

आज स्थलगत निरीक्षण गर्न आइपुगेका सार्वजनिक लेखा समितिका सदस्य पुर्व वनमन्त्री प्रदीप यादव सहित सदस्यहरु रामकृष्ण यादव,अमरेस कुमार सिंङ,बेद प्रसाद तिमल्सिना ,प्रभु हजरा लगायतले सडक निर्माणको अवस्था , समस्या लगायतका विषयमा स्थानीय जनप्रतिनिधि र स्थानीयसंग छलफल गरेका थिए । समितिका सदस्यहरुलाई ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले स्वागत गर्दै सडक निर्माण सम्पन्न गर्नका निमित्त पहल गरिदिन आग्रह गर्नुभएको थियो ।


सम्बन्धित समाचार