Logo

७ वैशाख,वीरगञ्ज । इजरायल गाजायुद्धमा हमास समूहको आक्रमणबाट मारिएका धनुषाका आनन्द साहको परिवारलाई आर्थिक सहयोग गरिएको छ । धनुषा लक्ष्मिनिया गाउँपालिकाका ४ का आनन्द साहको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

मधेश प्रदेश सरकारले साहको परिवारलाई ५ लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराएको हो । मुख्यमन्त्री सरोजकुमार यादवले मृतक साहका बुबा सोमन साहलाई ५ लाख बराबरको चेक आज हस्तान्तरण गरेका हुन् ।

मधेश सरकारबाट घोषणा भएबमोजिम मुख्यमन्त्री यादवले मृतकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

२०८० साल असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणबाट साहसहित अध्ययन भ्रमणमा रहेको १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।


सम्बन्धित समाचार