Logo

९ वैशाख,वीरगञ्ज । नेपाली कांग्रेस पर्साका पूर्व सभापति तथा संविधानसभा सदस्य अजय द्विवेदीलाई मातृशोक
परेको छ ।

द्विवेदीकी आमा निर्मालादेवीको आज बिहान ७९ बर्षको उमेरमा निधन भएको हो ।बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि वीरगन्जको लिंकरोड स्थित भवानी अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँको आज बिहान ६ बजे अस्पतालमा उपचारकै क्रममा निधन भएको द्विवेदीको आफन्तजनले जनाएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २४ निवासी द्विवेदीकी आमाको पार्थिव शरीरलाई गाउँमै राखिएको र साँझ ५ बजे घरबाट शवयात्रा सहित तिलावे पुलमा अन्त्येष्टि गर्ने तयारी रहेको पत्रकार अनिल तिवारीले जानकारी दिनुभयो । आफन्तजनका अनुसार निर्मलादेवीको श्रीमान, तीन छोरा र एक छोरी छन् ।

 


सम्बन्धित समाचार