Logo

९ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको पम्पम बिल्डिङबाट २ करोडभन्दा बढी मूल्यका लत्ताकपडाहरु बरामद गरेको छ । बैशाख ६ गते विशेष सूचनाको आधारमा गरेको छापामारीबाट २ करोडभन्दा बढी मूल्यका लत्ताकपडाहरु बरामद गरेको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज– ६ पम्पम बिल्डिङस्थित विभिन्न गोदामहरुमा गरेको छापामारीबाट २ करोड २० लाख मूल्य बराबरका भन्सार छलीका कपडाहरु बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले पुष्टि गरे ।

वीरगञ्ज–१६ निवासी २४ वर्षका आकाश कुमार गुप्ता, वडा नं.६ बस्ने ४४ वर्षका रामएकवाल कुशवाहा तथा अन्य ६ जनाको गोदामहरूबाट सो मूल्य बराबरका भन्सार छलीका कपडाहरु बरामद गरेको उनले बताए ।
प्रवक्ता थापाका अनुसार प्रहरीले सर्टिङ सुर्टिङ, सर्ट पाइन्ट, सुती प्रिन्टेड, ढाकाको थान कपडा, साडी, कुर्ता सुरुवाल, मर्दानी धोती, ब्लाउज कपडा र चोलो बनाउने थान कपडाहरू नियन्त्रणमा लिएको हो ।

बरामद लत्ताकपडाहरु आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयढमा बुझाइएको प्रहरी प्रहरीले जनायो ।


सम्बन्धित समाचार