Logo

१० वैशाख, काठमाडौं । मन्त्री परिषदको बैठक सम्पन्न भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले पहिलो बुँदामा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने पनि निर्णय गरेको छ । कतारका अमिरले वैशाख ११ गते मंगलबारदेखि गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

त्यस्तै अर्थसचिव पनि हेरफेर गर्ने निर्णय गरेको छ । अर्थसचिवमा मधुकुमार मरासिनीलाई ल्याउने र हाल कार्यरत अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय मन्त्री परिषदले गरेको सरकारकी प्रवत्ता सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ।


सम्बन्धित समाचार