Logo

१० वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ को महाविरस्थान मन्दिरमा भोली महाआरतीको आयोजना हुने भएको छ । हनुमान जयन्तीको अवसरमा बैशाख ११ गते भोली महाविरस्थान मन्दिरमा विशेष पूजासहित महाआरती हुने भएको हो ।

श्री महावीर मन्दिर समिति, श्री साप्ताहिक सुन्दर काण्ड प्रचार समिति, श्री साप्ताहिक हनुमान चालिसा पाठ समिति, श्री श्याम नवयुवक मण्डल, श्री मारवाडी महिला मञ्च र श्री राणीसति ज्योति मण्डलको संयुक्त आयोजनामा साँझ ६ बजेदेखि महाआरती हुने जनाइएको छ ।

महाआरतीको तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ । वडाध्यक्ष जयप्रकाश शाहका अनुसार महाआरतीमा वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह लगायतका विशिष्ट अतिथिहरूको समेत उपस्थिती रहने छ ।

महाआरती पश्चात् साँझ साढे ७ बजेदेखि प्रसाद वितरण कार्यक्रम समेत राखिएको उनले बताए । गत वर्ष पनि हनुमान जयन्तीको अवसरमा महावीरस्थान मन्दिर अगाडि महाआरतीको आयोजना गरिएको थियो ।

महाआरतीमा सहभागी भइ शोभा बढाउन महानगरप्रमुख राजेशमान सिंहले सम्पूर्णमा अनुरोध गरेका छन् ।


सम्बन्धित समाचार