Logo

११ वैशाख,वीरगञ्ज । बारा प्रहरीको एक थान हतियार बेपत्ता भएको छ । गएराती अमलेअगञ्ज क्षेत्रमा गस्ती गर्ने क्रममा प्रहरीले बोक्ने स्वचालित हतियार हराएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जका वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल हराएको बारा प्रहरी प्रमुख महेन्द्र खड्काले पुष्टि गरे ।उनका अनुसार वरिष्ठ सई बिसीले बोकेको अटोमेटिक पेस्तोल (सर्विस रिवल्वर) सोमबार रातीदेखि हराएको हो ।

रातको समयमा लागु औषध गाँजा तस्करी भइरहेको सूचनाको आधारमा प्रहरीले गरेको गस्तीका क्रममा सई बिसीको पेस्तोल हराएको हुन सक्ने प्रहरी अनुमान रहेको उनी बताउँछन् । पेस्तोलसंगै १ थान म्याग्जिनसमेत हराएको प्रहरीले जनाएको छ ।

तर त्यसको बाबजुद पनि पेस्तोल खोज्ने तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रमुख खडकाको भनाइ छ । तर एक स्रोतका अनुसार प्रहरी हतियारको हो कि के भएको हो त्यो अझ शंकास्पद रहेको छ ।


सम्बन्धित समाचार