Logo

११ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले एक दर्जन भन्दा बढी प्रहरी अधिकारी तथा जवानहरुलाई जिल्ला तानेको छ । प्रहरी आचरणविपरीत काम गर्न थालेपछि प्रहरी अधिकारीसहित १३ जना प्रहरी जवानलाई कारबाहीस्वरुप जिल्ला झिकाइएको प्रहरी स्रोत बताउँछ ।

नेपाल प्रहरीको नीति नियम भन्दा बाहिर गएर अनूचित गतिवधि गर्न थालेको सूचना प्रहरी कहाँ पुगेपछि एकैपटक एक दर्जन भन्दा बढी प्रहरी अधिकारी तथा जवानहरु जिल्ला तानिएका हुन ।

वरिष्ठ प्रहरी नायब निरीक्षक (सइ) सहित एकैपटक १३ जना प्रहरी कर्मचारीहरुलाई जिल्ला तानिएको स्रोतले जानकारी दिएको हो ।

पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बीरगन्जको बसपार्कमा कार्यरत सइ बाबुराम ढकालसहित १३ जना प्रहरीलाई जिल्ला तानेका हुन् ।

उनको ठाउँमा हिजैदेखि लतिफ अन्सारीसहित अर्को १३ जना टोली पठाइएको पर्सा प्रहरी प्रमुख ढुंगेलले जनाए । समयावधि नपुग्दै ढकालसहित सबैलाई तानिएको प्रहरी स्रोतले जानकारी दिएको हो ।

प्रहरी स्रोतका अनुसार तानिएका प्रहरी अधिकारी तथा जवानहरुमाथि आन्तरिक अनुसन्धान चलाएर प्राप्त प्रतिवेदन अनुसार प्रक्रिया अगाडि बढाइनेछ ।


सम्बन्धित समाचार