Logo

१२ वैशाख, बारा । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

आज  राति ९ बजे विद्य्ुतिय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर अन्दाजी २५ वर्षिय काशिराज कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

खेतमा लगाईएको मकै र चैते धानमा पानि पटाउनको लागी विद्युतमा मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर यादव बेहोस भएका थिए ।

परिवार र आफन्तले उपचारका लागी उनलाई कलैया लैजाने क्रममा बाटो मै उनको मृत्यु भएको स्थानिय सिकिन्द्र साहले बताए ।

पोष्टमार्टमको लागी उनको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार