Logo

फोटो : सौजन्य

१३ वैशाख, वीरगञ्ज । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं. ६ जरलहवा टोलमा बुधबार लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ । आगलागी हुँदा ६ घण्टाको प्रयास पछि नियन्त्रणमा आएको छ ।

दिउँसो २ बजे देखि लागेको आगो निभाउन प्रयास गरिएपनि तेजगतिले चलेको हावाका कारण ६ घण्टापछि आगो पुर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

आगलागीबाट बाट सयौं घर जलेर खरानी भएका छन् । भने पाँच खसीबाख्रा र दुई सँुगुर समेत मरेका प्रहरीले जनाएको छ । घरबारविहिन बनेका मटिहानीका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले तत्काल त्रिपाललगायतका राहत सामग्री प्रदान गरेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

घटना के कारणले भएको हो भने अनुसन्धान भईरहेको र क्षतिको विवरण संकलन कार्य पनि भईरहेको गेलालले बताए । तर उनका अनुसार १५ करोड भन्दा बढीको क्षति भएको अनुमान छ ।

बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा आगो निभाइएको हो ।


सम्बन्धित समाचार