Logo

१४ वैशाख,वीरगञ्ज । सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा पक्राउ परेकी छन् । ५ वर्षीय छोरा आयुष साहको हत्या गरि शव लुकाएको आरोपमा उनकी आमालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने आमा ३४ वर्षीय सरिताकुमारी साह रहेकी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सरिताले छोरा आयुषको शव हत्यापछि सुत्ने पलंगमा लुकाएकी थिइन् ।

गत वैशाख ११ गते दिउँसो साढे ५ बजे स्थानीयले बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा सरिता सुत्ने कोठामा रहेको बक्स पलङको ‘घर्रा’ भित्र मृत अवस्थामा छोरा आयुषलाई फेला परेको सिरहाका डिएसपी मुक्तिनाथ सापकोटाले बताए ।

सरीतालाई सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको सिरहा प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार