Logo

१४ वैशाख,वीरगञ्ज । मधेश प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनसहित ६ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको हो । उपाध्यक्ष खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर संजय कुमार मंडलविरूद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष खातुनले स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनसमेतको आधारमा भुक्तानी भएको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय मागदावी गरेको छ ।

यस्तै एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर संजय कुमार मंडलले एकडारा गाउँपालिका वडा नं. १ अन्तर्गतका स–साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।
उनीहरूविरूद्ध ८ लाख ६५ हजार १४५ रुपैयाँ बिगो माग दाबी गरेको अख्तियारले जनायो ।


सम्बन्धित समाचार